FAQs Complain Problems

सामाचार :

प्राय सोधिने प्रश्नहरु

अपाङ्गता परिचयपत्रको लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

१. वडा कार्यालयको सिफारिस।

२. जन्मदर्ता वा नागरिकताको प्रतिलिपि थान–१।

३. फोटा–३ प्रति (अटो साइज) तथा अपाङ्गता देखिने पोष्ट कार्ड साइजको फोटो थान–१।

४. सरकारी अस्पतालको सिफारिस।

५. निवेदन फाराम (कार्यालयमै दिइने)।

बसाइ-सराई जाने÷आउने दर्ताको प्रमाणपत्र प्राप्त गर्नको लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी।

२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।

३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।

४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र।

५) जाने-आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि।

६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद।

सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र प्राप्त गर्नको लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

१. निवेदन पत्र।

२. अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपि।

३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १÷१ प्रति।

४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने।

मृत्यू दर्ताको प्रमाणपत्र प्राप्त गर्नको लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

१) निवेदन पत्र।

२) मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता तथा सोको प्रतिलिपी।

३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र।

४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र।

५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र।

६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र।

जन्म दर्ताको प्रमाणपत्र प्राप्त गर्नको लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

१. निवेदन पत्र।

२. बालवालिकाको बाबु÷आमाको नेपाली नागरीकता तथा सोको प्रतिलिपी।

३. सूचकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।

४. आमा-बुवा बसाई सराई भै आएको भए सोको प्रतिलिपि।

५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद।

६. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी।

चार किल्ला प्रमाणितको लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि।

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि।

३) जग्गा रहेका क्षेत्रका प्रमाणित प्रतिलिपि नापी नक्सा।

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद।

५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेका हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी।

घर बाटो प्रमाणितको लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) र नागरिकता प्रमाणपत्रको प्रतिलिपि।

२) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि।

३) जग्गा रहेका क्षेत्रका प्रमाणित सक्कलनापी नक्सा।

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण

स्वीकृत भएको कागजात।

५) लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपी।

६) स्थलगत निरीक्षण प्रतिवेदन।

संस्था दर्ता सिफारिसको लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

१) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि।

२) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्न बुझाउनु पर्ने।

३) संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि।

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।

विद्युत जडान सिफारिसको लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र।

२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी।

३) हक भोगको श्रोत खुल्ने कागजात।

४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि।

५) अन्य आवश्यक कागजातहरु।

६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात।

नागरिकता र प्रतिलिपि सिफारिसको लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

१) निवेदन पत्र र आमा र बुबाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२) जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

३) विवाहित महिलाको हकमा पति र आमा-बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीका हकमा) ।

५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताका हकमा) ।

६) बसाँई सरी आएको हकमा बसाँइ सराईको प्रमाणपत्रको प्रतिलिपि ।

७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।

८) चालु आ.व. सम्मको मालपोत र घर-जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।

१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।